युएईमा नेपाली कामदार चढेको बस दुर्घटना, ५ जनाको मृत्यु



युएई : नेपालका धेरै युवाहरु कामको खोजीमा जाने युएईमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

धेरैजसो नेपाली कामदार चढेको उक्त गाडी दुर्घटना हुँदा मृत्यु हुनेको पहिचान र सनाखत हुन नसकेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालका लागि युएईका राजदूत कृष्ण प्रसाद ढकालले यस विषयमा युएईको सरकारसँग सम्पर्क गरिरहेको जानकारी गराएका छन् ।

दूतावासका अनुसार बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको र अन्य ६ जनामा श्रीलंका, अफ्रिका र अन्य मुलुकका महिला कामदार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्