महिला राष्ट्रिय क्रिकेट टिम घोषणा



काठमाडौं: यसै साताबाट सुरु हुने थाइल्यान्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय टोली घोषणा भएको छ । १४ सदस्यीय नेपाली टोलीको छनोट राष्ट्रिय टोलीका पूर्वकप्तान विनोदकुमार दासले छनोट गरेका हुन् । नेपाली टोलीको बन्द प्रशिक्षण पुस पहिलो सातादेखि मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा भएको थियो । रुविना क्षत्री (बेलबासे)को कप्तानीमा १४ सदस्यीय महिला टोलको घोषणा भएको हो । उपकप्तानमा सीता राना मगर रहेकी छन् । थाइल्यान्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता १२ देखि १८ डिसेम्बरसम्म सञ्चालन हुँदै छ ।

 

टी–२० स्मासमा आयोजक थाइल्यान्डसहित भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, तान्जानिया, श्रीलंका, कुवेत, नामिबिया र नेपाल गरी १० टोली सहभागी हुनेछन् । नेपालले १२ जनवरीमा तान्जानियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । १४ जनवरीमा नामिबिया, १५ जनवरीमा इन्डोनेसिया र १६ जनवरीमा कुपेतसँगप्रतिस्पर्धा गर्नेछ । थाइल्यान्डमै आयोजना हुने विश्वकपको छनोट तयारी स्वरूप थाइल्यान्डले प्रतियोगिता आयोजना गरेको हो । ६ फागुनबाट यही टोलीले महिला ट्वान्टी–२० विश्वकप छनोट खेल्नेछ ।

 

नेपाली टोली

रुविना क्षत्री (कप्तान), सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल 

मुख्य प्रशिक्षक :  विनोदकुमार दास, म्यानेजर : अमृता पौडेल, फिजियो : सकुना डानी

रिजर्भ खेलाडी :  रितुकुमारी कनोजिया, सुमन विष्ट, सबनम राई

प्रतिक्रिया दिनुहोस्