निर्भया बलात्कार काण्डका दोषी शर्माले जेलमै झुण्डिन खोजेपछि…



एजेन्सी : बलात्कारको मुद्धामा जेलजीवन बिताईरहेका एक कैदीले झुण्डिएर आत्महत्या गर्न खोजेको खुलासा भएको छ । भारतको चर्चित निर्भया बलात्कार काण्डका दोषी विनय शर्माले झुण्डिएर आत्महत्या गर्न खोजेका थिए ।

उनले बुधबार कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानीका बावजुद पनि झुण्डिन खोजेको भारतीय अखबारले लेखेको छ । तर त्यो देख्ने बित्तिकै सुरक्षार्थ खटिएका प्रहरीले उनलाई जोगाएका थिए ।

यो कुरालाई विनयका वकिल एपी सिंहले खुलाए पनि कारागारका महानिर्देशक सन्दीप गोयलले यो घटना इन्कार गरेको बताईन्छ । बलात्कार घटनाका दोषी विनय शर्माले तिहाड जेलमा फासी लगाएर आत्महत्या गर्ने प्रयास गरेका छन् ।

श्रोतका अनुसार विनयलाई मेडिकल इन्स्पेक्शन रूममा २४ घण्टासम्म डाक्टरको निगरानीमा राखिएको थियो । घटनापछि जेल नम्बर २ मा रहेका विनयसहित मुकेश, अक्षय र पवनलाई जेल नम्बर ४ मा सिफ्ट गरिएको खबर भारतको दैनिक भाष्करले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्