सेमिफाइनलको पहिलो लेगमा सिटी ९–० ले विजयी



एजेन्सी : म्यानचेस्टर सिटीले लिग कप फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ९–० को जित हात पारेको छ । उसले बर्टन आल्बियनलाई फराकिलो अन्तरले पराजित गरेको हो । 

सिटीको जितमा केभिन डे ब्रुएनले खेलको पाँचौ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । ३० औं मिनेटमा ग्याब्रिएल जेससले गोल गर्दै अग्रता दोब्बर पारे । चार मिनेटपछि जेससले नै अग्रता बढाए । ओलेक्जान्डर जिन्चेन्कोले चौथो गोल थपे । पहिलो हाफ ४–० मा सकियो ।

दोस्रो हाफको ५७ औं मिनेटमा जेससले हेडरमार्फत नै गोल गर्दै ह्याट्रिक पूरा गरे । ६२ औं मिनेटमा वैकल्पिक खेलाडी फिल फोडेनले गोल गर्दा त्यसको तीन मिनेटमा जेससले आफ्नो चौथो गोल थपे । ७० औं मिनेटमा काइल वाल्करले पनि गोल गर्दै खेललाई ८–० पुर्याए । खेलको ७ मिनेट समय बाँकी रहँदा रियाद माहरेजले ९–० को जित पक्का गरे ।

गाब्रिएल जेसस एक्लैले ४ गोल गरेपछि सिटी प्रतियोगिताको फाइनलमा पुग्ने लगभग पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्