भोलिदेखि अध्यक्ष मण्डलको संयोजकमा महेन्द्र, चुनावी संयोजकमा राजेन्द्र



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा भोलि (आइतबार)देखि महेन्द्र राय यादव बन्ने भएका छन् ।

दुई–दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने निर्णय अनुसार भोलिदेखि यादव संयोजक बन्ने भएका हुन् ।

हिजो (शुक्रबार) बसेको अध्यक्ष मण्डलको बैठकले भोलिदेखि अध्यक्ष मण्डलको संयोजकको जिम्मा यादवलाई दिने निर्णय गरेको संयोजक राजेन्द्र महतोले जानकारी दिएका छन् । आजसम्म महतो संयोजकको जिम्मेवारीमा रहेका छन् । महतोलाई राष्ट्रिय सभा निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्