गायिका आस्था राउत रुदारुदै यसरी भइन फरार



काठमाडौं : गएको बुधबार काठमाडौंको एरपोर्टबाट विराटनगर उड्न लागेकी चर्चीत गायिक आस्था राउत र डयूटीमा रहेकी महिला प्रहरी रमिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । शुरुमा आफूमाथि महिला प्रहरी श्रेष्ठबाट अपमान जनक व्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत विवादलाई सार्वजनिक गरेकी गायिका राउत अहिले अप्ठ्यारोसँगै तनावमा परेकी छन् । शुरुमा आफ्नो गल्ती नभएको बताउने राउत रहस्य खोल्दै जाँदा र सिसिटिभी क्यामराको फुटेज हेर्दा महिला प्रहरीप्रति नै गायिक राउत अपमानजन ढंगले प्रस्तुत भएको दखिएपछि राउत तनावमा परेकी छन् ।

पहिला गायिका राउतप्रति अन्याय भएको कुरा आएपनि महिला प्रहरीमाथि नै अन्याय भएको खुलेको छ यो खुलेसँगै प्रहरी श्रेष्ठले गायिका राउतविरुद्ध उजुरी दर्ता गराएकी छन् । त्यसपछि सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै रुदाँरुदै माफी मागेकी राउतविरुद्ध उजुरी दर्ता भएपछि अहिले उनीमाथि कारबाही गर्न प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ । प्रहरीले उनको खोजी गरेपछि राउत रुदाँरुदै फरार हुन पुगेकी छन् ।

आफूलाई विमानस्थलमा चेकजाँच गरेको भन्दै प्रहरीमाथि खनिएकी आस्था राउतविरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’को कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठमाथि आस्थाले ‘अभद्र व्यवहार’ गरेको आरोप छ । आस्थामाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यही गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (डोमेष्ट्रिक) बाट विराटनगर जान लागेकी आस्थालाई चेकजाँचमा गर्ने प्रहरी जवान रमितामाथि भनाभन भएको भिडियोसमेत सार्वजनिक भएको छ । आफूलाई प्रहरीले दुव्र्यव्यवहार गरेको भन्दै आस्थाले आफ्नो फेसबुक पेजबाट प्रहरीमाथि खनिएकी थिइन् । तर, प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ । अनुसन्धानकै क्रममा प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक गरेको हो ! गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा प्रहरी जवान र आफूबीच भएको विवादको भिडिओ सार्वजनिक भएपछि माफी मागेकी छन् । सामाजिक सञ्जालमा उनको भिडिओ सार्वजनिक भएपछि केही उनको पक्षमा उभिएका छन् भने केहीले भने प्रहरीलाई अपशब्द प्रयोग गरेको भन्दै आलोचना गरेका छन् । शुक्रबार त्रिभुवन विमानस्थलमा राउत र प्रहरी जवानबीच भएको भिडिओ एकाएक सार्वजनिक भयो । त्यसपछि फेरि राउत आफ्नो फेसबुकबाट लाइभ आएर आफूले प्रहरी जवानलाई अपशब्द बोलेको भन्दै त्यसप्रति माफी मागेकी छन् ।

’लाइभ आउनेबेलामा म अलिकति संम्यमित हुनसक्थें, कम्प्लेन थियो त्यसलाई डिसेन्ट वेमा भन्न सक्थें’ उनले आफ्नो फेसबुक लाइभमा भनेकी छन् । तर, आफूप्रति दुर्व्यवहार भएको भने उनले दाबी गरेकी छन् ।

‘मप्रति दुर्व्यवहार भएकै हो आज नि भन्छु, भोलि नि भन्छु,’ उनले भनिन्, ‘मैले घटनालाई के भएको हो सरल भाषामा भन्न सक्थेस डन्ठे, सन्ठे भन्न हुँदैन थियो, सबै प्रहरीलाई सरी भन्न चाहन्छु तपाईंहरूको मनोबल गिरेको भए ।’

‘दुई चार वटा शब्द मैले नभनेको भए हुन्थ्यो, नत्र भने मैले भनेका अरु कुरा गलत छैनन्,’उनले थप भनेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले गायिका आस्थामाथि अनुसन्धान शुरु गरेको जनाएको हो । पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आस्थाविरुद्ध उजुरी दिएकी छन् । प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट आस्था र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेज झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।

यस्तै, हवाई क्षेत्रमा खटिएका राष्ट्रसेवक, प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको पाइएमा नेपालमा गैर सैनिक हवाई उड्डयन (सिभिल एभिएसन ऐन २०१५) ले काम गर्छ ।

यो ऐनको दफा ९ क को ६ बमोजिम आस्था राउतलाई कारवाही गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्