को हुन् विषालु अन्टी ?



काठमाडौं : नेहरु–गान्धी परिवारबारे आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा न्यायिक हिरासतमा पुगेकी बलिउड नायिका पायल रोहतगी हिरासतमुक्त भएलगत्तै स्वरा भास्करविरुद्ध उत्रिएकी छन् ।

भारतमा हालै पारित भएको नागरिकतासम्बन्धी नयाँ कानुनको विपक्षमा स्वरा खरो रुपमा उत्रिदै ‘मसँग पासपोर्ट पनि छैन, बा र हजुरबाको सम्पत्ति पनि छैन। एनआरसीमा मेरो नाम छुट्यो भने’ भन्दै ट्वीट गरेकी थिइन् ।

उनको ट्वीट आएलगत्तै नागरिक कानुनका पक्षधरहरुले उनलाई ट्रोल बनाउन सक्रिय भइहाले । ‘यस्तोमा नेहा के छुट्थिन् ! हिरासतमुक्त भएलगत्तै उनले स्वरालाई अट्याक गर्दै ट्वीट गरिन्, ‘स्वरासँग जन्मदर्ता छैन । पासपोर्ट पनि छैन भनेपछि उनी रोहिङ्गा मुस्लिम हुन् । उनीसँग प्रपर्टी पनि छैन । भाडाको घरमा बस्छिन् । विचरी जहरिली आन्टी !’

प्रतिक्रिया दिनुहोस्