डेढ करोड ठगी गर्ने पुतलीसडकबाट पक्राउ



काठमाडौं: महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै १ करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग १ करोड ५० लाख रुपैयाँ ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो।

 

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए। ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्