नक्कली फेसबुक अाइडी बनाएर महिलालार्इ धम्की दिने पक्राउ



जनकपुरधाम: नक्कली फेसबुक आइडी बनाएर महिलालाई धाकधम्की दिएको अरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-१० बस्ने २० वर्षिय दिवश कामत रहेको प्रहरीले जनाएको छ। 

 

पक्राउ परेका युवकले महिलाको नाममा नक्कली आइडी बनाएर साथी बनाउने गरेको र साथी बनाई महिलालाई अनैतिक सम्बन्ध बनाउन दबाब दिने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवंम् डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए।

 

अनैतिक सम्बन्ध बनाउन नमाने फेसबुकमा सबैले देख्नेगरी अश्लिल फोटो हालिदिने भन्दै युवकले धाकधम्की दिने गरेको जाहेरी आएपछि पक्राउ गरिएको शाहीले संचारकर्मीलाई बताए ।

 

पक्राउ परेका युवक विरुद्ध साइबर क्राइम सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्