अधिवक्ताले बलात्कारीलाई माफ गर्न आग्रह गरेपछि आशा देवीको कडा प्रतिक्रिया



एजेन्सी : सर्वोच्च अदालतको वरिष्ठ अधिवक्ता इन्दिरा जयसिंहले निर्भयाका बलात्कारीहरूलाई माफ गर्न आग्रह गरेपछी आमा आशा देवीले कडा प्रतिक्रिया दिएकी छन् ।

निर्भयाकी आमाले समाचार एजेन्सी एनएनआईसँग कुरा गर्दै आफूलाई सुझाव दिनको लागि अधिवक्ता जयसिंह कोही पनि नभएको बताएकी हुन् ।

उनले भनिन्–‘ इन्दिरा जयसिंह को हुन् जो मलाई सुझाव दिइरहेकी छन् ? पुरा देश चहान्छ की दोषीहरूलाई फँसी होस् । उनी जस्तो मान्छेको कारण नै बलत्कारबाट पीडित भएकाहरूले न्याय पाउँन सकेका छैनन् ।’

वरिष्ठ अधिवक्ता इन्दिरा जयसिंहले ट्वीट्मा लेखेकी थिइन्– ‘म आशा देवीको पीडा महशुश गर्न सक्छु । फेरी पनि यो आग्रह गर्न चाहान्छु की सोनिया गान्धीको उदाहरणमा चल्नुहोस् जसले नलिनीलाई माफी गर्दै भन्नु भएको थियो कि उहाँ उसको लागि मृत्युदण्ड चहानुहँुदैन् । हामी तपाईको साथमा छौं तर मृत्युदण्डको पक्षमा भने छैनौं ।’

यसमा प्रतिक्रिया दिँदै आशा देवीले अधिवक्ता जयसिंहले यस्तो सुझाव दिएकोमा आफू अच्चिमत भएको बताइन् । आफूले जयसिंहलाई सर्वोच्च अदालतमा धेरै पटक भेटेको भन्दै भनिन्– ‘उहाँले कहिले पनि मेरो हालखबर सोध्नु भएन र आज उहाँ अपराधिको लागि बोल्दै हुनुहुन्छ । यस्तो मानिसहरूको दैनिकी बलात्कार गर्नेहरूको सर्मथन गरेर चलिरहेको हुन्छ । यस कारणले पनि बलात्कारको घटनाहरूमा कमी हुन सकेको छैन ।’

आशा देवीले भगवान नै आएर दोषीहरूलाई माफी दिन लगाएपनि उनीहरूलाई माफ नगर्ने बताइन् ।

यसैबीच निर्भया घटनाको दाषीहरूको लागि नयाँ डेथ वारेन्ट जारी गरिएको छ । पटियाला अदालतले अपराधीहरूको फाँसीको समय १ फरवरी बिहान ६ बजे तोकेको छ । दिल्लीस्थित तिहार जेलमा चार जनालाई फाँसीको सजाय दिइनेछ ।

ती चारजना निर्भया बलात्कार र हत्यामा दोषी ठहरिएपछि फाँसी दिन लागिएका हुन् । अदालतले फाँसीको सजाय सुनाएपछि पुनरावलोकन र राष्ट्रपतिसँग दया याचना अस्वीकृत भएपछि चार जनाको फाँसीको मिति टुंगो लागेको हो ।

यसअघि चारैजनालाई विहान ७ बजे २२ जनवरीमा फाँसीको सजायको मिति तोकिएको थियो । ३२ वर्षीय मुकेश सिंह, २६ वर्षीय विनय शर्मा, ३१ वर्षीय अक्षयकुमार सिंह र २५ वर्षीय पवन गुप्ता गरी चारैजनालाई फाँसी दिइनेछ ।

चारैजनालाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि बलात्कार गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्