जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



बारा : जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय निजगढले बारा जिल्ला अदालतको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतबाट भएको ५ वर्ष जेल सजायमा फरार प्रतिवादी श्रमण कुमार प्रधान पक्राउ गरेको हो । 

 

बारामै पक्राउ परेका प्रधानलाई तोकिएको कैद भुक्तानको लागि वीरगन्ज कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्