कुमारीले सेयरधनीलाई साढे आठ प्रतिशत बोनस दिने



काठमाडौं : कुमारी बैंकले सेयरधनीलाई ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिको पुस २५ गतेको बैठकले पास गरेको हो । 

गत आर्थिक वर्षमा  बैंकले एक अर्ब  १४ लाख खुद नाफा कमाएको थियो ।  यही नाफाबाट बैंकले बोनस बाँड्न लागेको हो ।

 

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्