प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकारेपछि…


दिल्ली : “हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।”

भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले यिनै शब्दमार्फत्‌ अपराध स्वीकार गरे।

प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा मङ्गलवार मनिन्दरले बताए अनुसार सन् २०१९ को डिसेम्बर ३० तारिखमा उनले आफ्नी प्रेमिका सरबजीत कौरको हत्या गरेका थिए।

टेलिभिजन कार्यक्रममार्फत्‌ अपराध स्वीकार गरेको केही समयपछि उनलाई प्रहरीले पक्राउ गर्‍यो।

फरार अभियुक्त

चन्डीगढको औद्योगिक क्षेत्रमा पर्ने एउटा होटलमा धारिलो हतियारको प्रयोग गरी मनिन्दरले आफ्नी प्रेमिकाको हत्या गरेका थिए। त्यसयता उनी फरार थिए।

यो घटनाभन्दा अघिको एउटा हत्यासम्बन्धी मुद्दामा मनिन्दर जमानतमा रिहा भएका थिए।

प्रहरीका अनुसार सन् २०१० मा पनि उनले हरियाणामा अर्की प्रेमिकाको हत्या गरेका थिए।

टेलिभिजनका एक वरिष्ठ कर्मचारीका अनुसार प्रहरी चौकीदेखि करिब तीन किलोमिटर टाढा रहेको स्टेशनसम्म मनिन्दर आफै आइपुगेका थिए।

हत्या

ती कर्मचारीले भने, “कार्यालयबाहिर उभिएका हाम्रा क्यामेराम्यानलाई उनले आफूले एक महिलाको हत्या गरेको भने।”

“पंजाबमा रहेको आफ्ना परिवारका सदस्यलाई प्रहरीले दुःख दिने गरेकाले आफूले आत्मसमर्पण गर्न चाहेको बताए।”

मनिन्दरको कुरा सुनेपछि ती क्यामेराम्यानले सो टेलिभिजनका लागि अपराध मामिला हेर्ने संवाददातालाई बोलाए। अन्य कर्मचारीबीच छलफल भएपछि उनलाई स्टुडिओभित्र लगियो।

“त्यही समयमा हामीले टेलिभिजन कार्यालयबाट प्रहरीलाई फोन पनि गर्‍यौँ,” ती कर्मचारीले बीबीसीलाई भने।

अपराध स्वीकार

प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा मनिन्दरले आफ्नो अपराध स्वीकार गर्नासाथ स्थानीय प्रहरीले उनलाई गिरफ्तार गर्‍यो।

प्रहरीका अनुसार मनिन्दर केही महिनाअघि सम्म एउटा स्थानीय फर्ममा चालकका रूपमा कार्यरत थिए।

उनकी प्रेमिका नर्स थिइन् र उनी चन्डीगढमै जागिरे थिइन्।

प्रहरी अधिकारी नेहा यादवले बीबीसीलाई भनिन्, “हत्या गरिएकी सरबजीतको घाँटीको घाउ हेर्दा लाग्छ मनिन्दर खुँखार अपराधी हो।”

“प्रचार हुने र मानिसहरूको सहानुभूति पाउने उद्देश्यले पनि टेलिभिजन लाइभ शोमा जाने भनेर उसले निधो गरेको हुन सक्छ,” यादवले थपिन्।

टेलिभिजन कार्यक्रममा हत्याबारे मनिन्दरले गरेको स्वीकारोक्तिलाई अदालतमा प्रमाणको रूपमा पेश गरिने प्रहरीले जनाएको छ।

होटलको सीसीटीभी फूटेजमा देखिए अनुसार मनिन्दर र उनकी प्रेमिकाले गत डिसेम्बर ३० तारिखका कोठा लिएका थिए। त्यही साँझ मनिन्दर होटलको कोठाबाट निस्केर गए।

भोलिपल्ट होटलका कर्मचारीहरू कोठाभित्र छिर्दा सरबजीतलाई हत्या गरिएको अवस्थामा पाए। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार