ए डिभिजन लिग : मनाङ र थ्री स्टारले बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोश्रो खेलमा थ्री स्टार र मनाङ मर्स्याङ्दीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्। खेलको १९औ मिनेटमा डेब्यु गरिरहेका भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए ।

त्यसैगरी ४९ औ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यता ६७ औँ मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई खेलमा २–१ को अग्रता दिलाए भने ८४ औँ मिनेटमा लालरम्मावियाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्