अभिभावकविहीन बालबालिकालाई सहयोग



जनकपुरधाम : सानो पाइलाको अग्रसरतामा जनकपुरमा आज एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्धारा ‘सानो घर’ को सुभारम्भ गरिएको छ । 

 

सुनिचित भविष्य परियोजनाअन्तर्गत जनकपुरमा शनिबार उक्त सानो घरको प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरे । 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री साहले अभिभावकविहीन, हिंसापीडित  र जोखिममा परेका विपन्न समुदायका बालबालिकाका लागि सानो घर मृत सञ्जीवनी नै हुने बताए । 

 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयोजक र कार्यक्रमलाई सघाउने विदेशी पाहुनालाई धन्यवाद दिँदै प्रदेश २ सरकारबाट सम्पूर्ण खाले सहयोगको प्रदाग गरिने बाचा गरे । 

 

जनकपुरधाम–७ मा अवस्थित सानो घरमा १२ जना अभिभावकविहीन विपन्न बालबालिका रहेका छन् । 

 

सानो घरमा बालबालिका स्याहारका लागि चार जना व्यक्तिलाई चौबिसै घन्टा  खटाइको छ । उनीहरुले बालबालिकाकालाई विद्यालय पठाउने, पढाउने, खेलकुदको व्यवस्था गर्दिने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्