मृत्युसँग जुध्दै अस्पतालको बेडमा छटपटाइ रहेकी महिलाको बेदना



काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरको पाचौँ तला । बेड नं ५१४ । घाँटीमा भेन्टिलेटर । छोटो कपाल । बिरामीको गाउनमा बेडमा लडिरहेकी छन् एक महिला । ३ वर्षदेखि उनी यही बेडमै सुतिरहेकी छन् । मोटरसाइकलले ठक्कर दिएपछि उपचार गराउन आएकी उनी निको होला र घर फर्किउला भन्दै आशामा बसेको पनि तीन वर्ष वितिसक्यो । रोग निको होला भन्दा झन्झन् उनलाई गलाउँदै लगेको छ । थप उपचारको निम्ति उनीसँग रकमको जोहो छ न त हिम्मतनै । उपचार गराउँदा गराउँदा आर्थिक रुपमा लखतरान भएको उनको परिवार अहिले विलखमण्डलमा देखिन्छ । यो हृदयविराक दृश्य हो– ३८ वर्षीया महिला चेली तामाङको ।

यसरी तीन वर्षदेखि मृत्युसँग जुध्दै अस्पतालको बेडमा छटपटाइरहेको दृश्य देख्दा जोकोहिको आँखा रसाउँछ ।

उनलाई ढाडस दिन र सम्हाल्नलाई छेउमा निन्याउरो अनुहार लिएर बसिरहेका छन् उनका श्रीमान – वसन्तकुमार ठकुरी शाह । विगत तीन वर्षदेखि वसन्त यसरी नै श्रीमतीको साथ निभाइरहेका छन् । चेलीलाई एक्लो महशुस हुननदिनको लासग लागि २४ घण्टा उनको वरिपरी हुन्छन् । उनलाई सुम्सुमाउछन् । दायाँ–बायाँ गर्न मद्दत गर्छन् । मानौ यो उनको दैनिकी हो । चेलीलाई केही पनि बोल्नु पर्दैन् । लामो श्वास फर्ने वित्तिकै चेलीको नजिक पुग्छन्– वसन्त । यो दृश्यले हरेकको आँखा उनीहरुतिर तान्छ ।

चेलीको नजिक जाँदा उनका झिम्झिमाइरहेका आँखाहरूले केही बोल्न खोजेको प्रष्ट हुन्छ । उनी बोल्न त सक्ने भइन्, तर उनको आवज कसैले सुन्दैन् । सुनोस पनि कसरी ? उनी मधुरो बोल्छिन् । रसाएका उनका आँखाबाट उनी पीडा पोख्न चाहन्छिन् । तर, सक्दिनन् । उनको त श्वाससम्म पनि औषधीको सहारामा चलिरहेको छ । हुन त उनीसँगहरू केही विकल्प पनि त छैन । तर, उनको नजिक पुग्दा लाग्छ उनी बाच्न चहान्छिन् । उनी छोरीसँग फेरी पहिलाको जस्तै खेल्न चहान्छिन् ।

त्यो दिन…
काभ्रे भकुण्डेबेँसीका वसन्त रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । त्यतिबेला चेली तामाङ काठमाडौंमै थिइन् । वसन्त नेपाल फर्कने तयारीमा थिए । उनी नेपाल फर्किन पाँच दिन मात्रै बाँकी थियो । घर फर्कन पाउँदा उनको उत्सहा पनि अलग थियो । लामो समयपछि उनी नेपाल आउँदै थिए । आफ्नो श्रीमती भेट्न । छोरीसँग खेल्न अनि परिवारसँग रमाउन ।

वसन्त विदेशबाट घर आउने भएपछि उनका लागि कपडा किन्न भनेर पैसा लिन फाइनान्समा गएकी थिइन्–चेली । ‘उत्ता कपडा महङ्गो हुन्छ भनेर यता किन्ने भनेर मैले सबै पैसा पठाइसकेको थिए,’ उनले भने ।

तर, उनलाई कसैले पनि दुर्घटना भएको खबर गरेन । पछि चेलीको फोन उठ्न छोड्यो । मनमा उनेक प्रश्न उब्जियो । शंका पैदा हुन थाल्यो ।

उनी भन्छन्– ‘मैले धेरै सुनेको थिए श्रीमतीहरू भाग्छन् भनेर । चेलीको फोन उठ्न छाडेपछि उनको बैनीलाई फोन गरे । उनले त्यस्तो केही हैन भिनाजु दिदीको दुर्घटना भएर नर्विकमा राखेको छ भनेपछि मात्रै मलाई थाहा भयो ।’

दुर्घटनाको खबरले उनको मन अत्तालियो । कुदेर नेपाल आउन चहान्थे । तर, उनको हातमा न पासापोर्ट थियो न टिकट । चार वर्षको बसाई भन्दा पनि लामो लाग्यो उनलाई ५ दिन ।

उनी नेपाल फर्किएपछि सालीको कोठामा २ घण्टा बसे । त्यसपछिका दिन र रात अस्पलातमै विताउछन्–वसन्त ।

पैसा लिएर फर्किदै गर्दा तीनकुनेमा बाटो काट्दै थिइन्– चेली । बाटो काट्दै गर्दा मोटरसाइकलले ठक्कर दियो, उनलाई । अनि उनी अस्पतालको शैयामा पुगिन् । चार वर्ष भयो उनी अस्पतालमै छन् ।

नर्भिक अस्पतालको बसाई
४२ दिन चेली नर्भिकमा बसिन् । डक्टरले नसा च्यापियको मात्रै प्रतिक्रिया दिए । शास फेर्ने नसा र जिउ चल्ने नसा च्यापिएको छ भन्ने मात्रै उनलाई थाहा थियो । धैर्यताको बाध टुट्यो । एकदिन उनले डक्टरलाई सोधे, निको त हुन्छ नि ? डक्टरले पुनः धैर्य गर्न आग्रह गरे । जसले उनलाई ठक्कर दियो उनले १५ लाख खर्च गरेको उनी बताउछन् । तर, उनको हातका पर्यो ५ लाख । चौकीमा त्यतीको मात्रै कागज छ रहेको उनले बताए ।

उनले मधुरो सोरमा थप्दै भने–‘आफूले विदेशबाट कमाएर ल्याएको पैसा र ठक्कर दिने व्यक्तिले दिएको पैसा सबै नर्भिकमै सक्यो ।’ महंगो अस्पतालका धेरै नराख्ने सल्लहा बमाजिम उनलाई नर्भिकबाट अन्यत्रै सार्ने निर्णय भयो । मोटरसाइकलले ठक्कर दिने व्यक्तिको सहमतिमा हामिले ट्रम सेन्टरमा उपचारका लागि ल्यायौं ।

अस्पतालले गरेको सहयोग
बसन्तलाई अस्पतालले पनि निकै सहयोग गरेको छ । ट्रमा सेन्टरले बेड चार्ज लिँदैन भने चेलीका लागि खानेकुरा निःशुल्क छ । वसन्त करिब १० महिनादेखि यही ट्रमा सेन्टरमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका बताउछन् । यसैले गर्दा नि अलि सहज भएको महशुस गर्छन्– वसन्त ।
‘अहिले औषधीहरु मात्रै किन्नुपर्छ । त्यो पनि कहिलेकाहीँ नर्स, डाक्टरहरुले आफैं ल्याइदिनु हुन्छ’ वसन्तले सुनाए । अस्पतालले गरेको सहयोगले ठूलो राहत दिएको छ ।

आँखाभरि आशु पार्दै उनले ट्रम सेन्टर नभएको भए छोरीले आमा गुमाउने उनी बताउँछन् ।

लाखौं मिनाहा
चेलीलाई झण्डै ६ महिनासम्म ट्रमाको आईसीयूमा राखेर उपचार गरिएको थियो । ‘आईसीयूको मात्र शुल्क लिने हो भने ६ लाख २४ हजार पुग्छ । तर, अति विपन्न भएकाले मिनाहा भयो’, उनले भने । अस्पतालले १० प्रतिशत शड्ढया निःशुल्क शड्ढयाका रूपमा छुट्याएको छ । जसमध्येको एउटा शड्ढयामा चेलीको उपचार भइरहेको छ ।

अस्पतालमा शल्यक्रिया र औषधीउपचार सबै गर्दा चेलीका लागि मात्र झन्डै १० लाख रुपैयाँ खर्च भएको छ । ट्रमा सेन्टरले गरेको आम्दानीको १० प्रतिशत अतिविपन्न बिरामीको उपचार खर्चमा प्रयोग गरिन्छ । सोही प्रावधानअनुसार चेलीका लागि खर्च भएको सबै मिनाहा हुन्छ । अहिले निःशुल्क बेडमा राखेर उपचार भइरहेको छ ।

त्यसअघि नर्भिकमा उपचार गराउँदा झण्डै ४० लाख खर्च भएको वसन्तको भनाइ छ । उपचारमा मोटरसाइकल चालक पक्षले १५ लाख दिएको दाबी गरेका छन् ।

‘एकमुष्ट रूपमा पाँच लाख दिएका हुन् । अरु बेला ५० हजार, ६० हजार दिएका हुन् । सबै गरेर १५ लाख दिएको भन्दै दाबी गरेका थिए । त्यसपछि आएनन्’, वसन्तले भने ।

श्रीमती मरेपिछ पैसा दिउँला
ठक्कर दिनेले सबै उपचारको खर्च, बच्चा पढाइदिने र चेलीको मृत्युपछि १० लाख दिने सहमती भएको थिए । तर, ति व्यक्ति अहिले सम्पर्कका छैनन् ।

लाइसेन्सबिनाका चालक
आफन्तको मोटरसाइकल कुदाएका चालक सुगम पन्थी लाइसेन्स नभएको पीडितको दाबी छ । प्युठानका ती चालक परिवार र प्रहरीसँगको मिलेमतोमा मुद्दा अघि नबढाइएको उनको आरोप छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा दुर्घटना गराएको मोटरसाइकल छ । त्यसैका आधारमा मोटरसाइकल चालकलाई बोलाएर थप बयान लिई अनुसन्धान गर्ने प्रहरीको आश्वासन छ ।

२०६३ साल वैशाख १ गते उनीहरुले ‘लभ म्यारिज’ गरेका थिए । करिब दुई वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए । आफूभन्दा तीन वर्ष जेठी चेलीलाई आफ्नो जीवन साथिको रुपमा घर भित्र्याएका थिए –वसन्तले । चेलीले पहिलो सन्ताको रुपमा छोरी जन्मदिए । त्यसपछि चेलीले ९ लाखभन्दा बढी ऋण खोजेर विदेश जान सघाएकी थिइन्–श्रीमानलाई । यता छोरी आलिया आमा आउने बाटो कुर्दैै सानिमाको घरमा बसिरहेकी छन् ।

उनी चेलीलाई मर्न दिन सक्दैनन् न उनलाई हेरक समय अस्पतालको बेडमा लडिरहेको हेर्न सक्छन् । चेलीको स्वास्थ्यको चिन्ता त छँदैछ वसन्तलाई उता छोरीका भविष्यबारे चिन्ति र निराश बनाएको छ । उनलाई थाहा छ, चेली अब स्वास्थ्य भएर हिँड्न सक्दिनन् । भेन्टिलेटरबाट निकाल्नेगरी उपचार गराउन पैसा पनि छैन । वसन्तको कुरा सुनिरहेकी चेलीले यतिबेला भने आँफूलाई सम्हाल्न सकिनन् र रोक्न खोज्दा खोज्दै उनको आँखामा आँसुका थोपा टलपल टलपल भयो ।

उनले मलिनो अवाजमा भने– ‘म मेरो हातले मार्न सक्दिन ।’ न्यायको आश अझै उनलाई छ । उनले भने– ‘थप उपचारको पैसा म सँग छैन । सधैँको लागि म ट्रमामै राख्नपनि सक्दिन् । कि अब तिनकुने प्रहरी चौकीले राख्नु प-यो कि म सडकमा राख्छु ।’

प्रतिक्रिया दिनुहोस्