बलिउडमा महिला निर्देशकको पावर


काठमाडौं : पछिल्लो समय महिलाले पनि हरेक क्षेत्रमा पुरुष सराह काम गर्दै आएका छन् । महिलाहरु पनि आफ्नो स्थान बनाउन हरकदम प्रयास गरिरहेका हुन्छन् । आज हामी बलिउड चलचित्र क्षेत्रमा महिला निर्देशकको बारे कुरा गछौं । नेपाली सिनेजगत जस्तै बलिउड सिने जगतमा पनि पुरुष सरह फिल्म निर्देशन गर्न पछि हटेका छैनन् महिला । उनीहरुले पनि पुरुषले जस्तै धेरै किसिमको फिल्म बनाउन सफल भएका छन् ।

जोया अख्तर


जोया अख्तर भारतीय चलचित्र क्षेत्रका एक उत्कृष्ठ महिला निर्देशक हुन् । उनले सबैभन्दा पहिला ‘लक बाइ चान्स’ (२००९) नामक फिल्म बाट आफ्नो निर्देशनको कार्य शुरु गरेकी हुन् । त्यसैगरी उनले २०११ मा ‘जिन्दगी ना मिलेगी दोबारा’, २०१४ मा ‘दिल धड्कने दो जैसी’ फिल्मको पनि निर्देशक हुन् । यसै वर्ष प्रदर्शनमा आएको रणवीर सिंह र अलिया भट्टका फिल्म ‘गली बोय ‘ले बक्स अफिसमा रेकर्ड तोडेको छ । यसको श्रेय फिल्मको कहानी एक दमै राम्रो तरिकाले पेश गरेकी महिला निर्देशक जोया अख्तरलाई जान्छ ।

फराह खान


बलिउडकी प्रसिद्ध निर्देशक तथा कोरियोग्राफर हुन्–फराह खान । फराह आफ्नो शान्त स्वभावको लागि परिचित छन् । फराहले निर्देशकको शुरुआत फिल्म ‘मे हुँ ना’ बाट गरेकी हुन् । यसअघि उनी बलिउड फिल्महरूमा कोरियोग्राफरको रूपमा काम गर्थिइन् । ‘मे हूँ ना’ पछि फराह खानले ‘ओम शान्ति ओमु’ ‘तीस मार खानु र ‘ह्याप्पी न्यू इयर जस्ता फिल्महरू निर्देशित गरिन् ।

अलंकृता श्रीवास्तव


अर्को बलिउड महिला निर्देशक हुन्– अलंकृता श्रीवास्तव । अलंकृता एक स्वतंत्र भारतीय फिल्म निर्माता पनि हुन् । धेरै प्रोजेक्ट्समा बलिउड निर्देशक प्रकाश झासँग काम गरेपछि उनल निर्देशकमा हात हालेकी हुन् । फिल्म ‘टर्निंग ३०’ २०११ मा निर्देशन गरेसँगै निर्देशक यात्रा शुरु भएको हो । त्यसपछि उनले २०१७ मा ‘लिपस्टिक अंडर माय बुरखा, २०१९ मा ‘ली किटी और वो चमके सितारे’ निर्देशन गरिन् । त्यसैयरी २०१९ मै उनले ‘स्वर्ग में बना’ निर्देशन गरिन् । उनले निर्देशन गरेको फिल्मलाई दर्शकले राम्रो भनेका छन् ।

कोंकणा सेन शर्मा


कोंकणा सेन शर्मा अभिनेत्री मात्र नभएर निर्देशक पनि हुन् । शर्मा मुख्यतया भारतीय कलागृह र स्वतन्त्र चलचित्रहरूमा देखिने गरेकी छिन् । उनले अभिनयपछि निर्देशनमा आफूलाई परिक्षण गरिन् । ‘नामकोरन’ नामक बंगाली शर्ट फिल्म बनाएपछि उनले ‘डेथ इन गंज’ शीर्षकको फिचर फिल्म निर्देशन गरिन् । उक्त फिल्मबाट उनले बेस्ट डेब्यू डाइरेक्टरको फिल्मफेयर अवार्ड पनि जितिन् ।

गुरिंदर चड्ढा


गरिंदर चड्ढा पनि अरु महिला निर्देशक जस्तै राम्रो फिल्म बनाउने लिस्टमा पर्न सफल भएकी छन् । उनले ऐश्वर्यसंग ‘ब्राइड एंड प्रेज्यूडिस’ बनाएकी थिइन् । सन २०१७ सालमा एक पटक फेरि गुरिंदरले हिस्टोरिकल ड्रामा फिल्म ‘ख्ष्अभचयथ’क ज्यगकभ’ बाट सबैलाई इम्प्रेस गरिन् । यस फिल्मल इन्टरनेशनल फिल्म फस्टिवलमा पेश गरेको थियो । यसको निकै तारिफ भएको थियो ।

किरण राव

Related image


आमिर खानकी पत्नी किरण राव किरण राव निर्देशक मात्र नभएर निर्माता र पटकथा लेखिका पनि हुन् । उनले सन् २०११ मा ‘धोबी घाट’ फिल्मबाट निर्देशन यात्रा शुरु गरिन् । जसलाई टोरंटो फिल्म फेस्टिवलमा रिलिज गरेको थियो । यो फिल्मको आर्ट र पैरेलल सिनेमाको टैग मिलेको थियो भने क्रिटिक्सले एकदमै मन पराएको थियो ।

लीना यादव

लीना यादव पनि अर्की महिला निर्देशक हुन् । उनले “शब्द“, “तीन पत्ती“ र “पार्च्ड“ फिल्मको निर्देशन गरेकी छन् । लीनाले सन २०१६ मा फिल्म ‘एबचअजभम’ बनाइन् । एक सानो गाउँका तीन महिलाका कहानी समाबेस गरेको थियो । राधिका आप्टे, सुरवीन चावला, तनिषा चैटर्जीका अभिनयलाई सबैको सहारा थियो । यो फिल्मलाई पनि क्रिटिक्सबाट सराहना मिलेको थियो ।

गौरी शिंदे


गौरी शिंदे एक भारतीय विज्ञापन–फिल्म, फीचर फिल्म निर्देशिका हुन् । उनले निर्देशन गरेको पहिलो फिल्म २०१२ मा ‘इंग्लिश विन्ग्लिश’ हो । उनले डेब्यु गरेको फिल्ममा नै सफलताको स्वाद चाखिन् । त्यसपछि २०१६ मा ‘डिअर जिन्दगी ‘बाट लाखौ व्यक्तिहरुको मन जित्न सफल भइन् ।

दीपा मेहता


दीपा मेहता फिल्म निर्देशक, पटकथा लेखक रफिल्म निर्माता पनि हुन् । मेहताले १९९६ शबाना आजमी र नंदिता दास स्टार फिल्म ‘फायर’ ले निकै विवाद मचाएको थियो । त्यो समयमा बोल्ड कंटेंट को विद्रोह गर्नेको कमि थिएन । दीपा मेहताको राम्रो निर्देशन उनको फिल्म वाटर मा वाराणसी एक आश्रमको विधुवाको कहानी थियो । यो फिल्मलाई क्रिटिक्सबाट वाह वाही पाएको थियो । त्थयसैगरी उनले अर्थ, वाटर लगाएत फिल्मको निर्देशन गरेकी छिन् ।

हेमा मालिनी


दक्षिण भारतबाट बलिउडमा आएकी हेमा मालिनीले अभिनेत्रीको रुपमा दर्जनौं सफल फिल्महरु दिएकी छन् । बलिउडमा आफ्नो अभिनयकै कारण बेग्लै स्थान बनाउन सफल हेमा मालिनीले पनि अभिनय साथसाथै निर्देशनमा समेत आफ्नो करियर अघि बढाइन् । त्यसक्रममा उनले निर्देशकको रुपमा केही चर्चित फिल्महरु बनाएकी थिइन् । हेमा मालिनीले ‘दिल आशना है’, ‘मोहिनी’, ‘टेल मी ओ खुदा’ जस्ता फिल्महरु निर्देशन गरेकी छन् । दिल आशना हेमार्फत अभिनेता शाहरुख खानलाई हेमा मालिनीले नै मुख्य अभिनेताको रुपमा बलिउडमा स्थापित गराउनलाई सहयोग र्पुयाएकी थिइन् ।

रीमा कागती


आमिर खान र करीना कपूर खानका फिल्म ‘तलाश’ सायकोलोजिकल हरर थ्रिलरको जेनरामा बनेको यो फिल्मलाई रीमा कागतीले निर्देशन गरेकी हुन् । त्यसपछि रीमाले अक्षय कुमारसंग फिल्म ‘गोल्ड’ बनाइन् । जुन एक हिस्टोरिकल स्पोर्ट्स ड्रामा फिल्म थियो । २०१८ मा रीमाले ‘गोल्ड’ फिल्मको निर्देशन गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार