अवरुद्ध कर्णाली राजमार्ग खुल्याे



सुर्खेतः कालिकोटमा बिहीबार जीपले ठक्कर दिएपछि एक विद्यार्थी गम्भीर घाइते भएकी छिन् । सदरमुकाम मान्मको खाँडाचक्र नगरपालिका १ मा जीपको ठक्करबाट देवीका पाण्डे गम्भीर घाइते भएकी हुन् । 

 

स्थानीय पञ्चदेव माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षिया पाण्डेको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । 

 

प्रहरी प्रमुख विनोद शर्माकाअनुसार भे१ज ३१८५ नम्बरको जीपको ठक्करबाट देवीका घाइते भएलगतै विद्यार्थीहरुले कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए । उपचार गर्ने भन्ने सहमतिपछि बाटो खुलाइएको उनले बताए । 

 

अन्य विषयमा दुईपक्षबीच छलफल भइरहेको छ । यस्तै, जीप चालक महेश थापा भागेका छन् । उनी स्थानीय नै भएकाले फोन सम्पर्क गर्दा प्रहरी चौकी हुल्मको सम्पर्कमा रहने बताइको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्