जनकपुरमा वडाध्यक्षपछि वडासदस्यको पनि ज्ञापनपत्र 



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका ८१ जना वडासदस्यले अधिकार माग्दै बिहीबार मेयर लालकिशोर साहसमक्ष ज्ञापनपत्र बुझाएका छन् । जनकपुरको २५ वटै वडाका सदस्यले वडाध्यक्षले अधिकार नदिएको आरोप लगाई सामूहिक रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार काम गर्ने व्यवस्था मिलाइदिन नौबुँदे ज्ञापनपत्रमा अनुरोध गरेका छन् ।

द नेपाल टपसँग कुरा गर्दै वड़ा नं. ५ का सदस्य सन्तोष साहले भने, ‘वडाअध्यक्षले एकलौटी हुकुमी शासन चलाउन खोजेका छन् । वडा समितिमा आउने रकमसमेत आफैं खर्च गÞरी भ्रष्टाचार गरेका छन् । त्यसैले बाध्य भई ज्ञापनपत्र बुझाउनुपर्यो ।’ 

ज्ञापनपत्रको पहिलो बुँदामा विकास योजना बजेट, नीति र कार्यक्रम निर्धारण गर्दा वडा समितिको बैठकबाट पारित गराई मात्र उपमहानगरपालिकामा पेस गर्न माग गरिएको छ । वड़ामा भएको कार्यको गुनस्तरीयता परीक्षण गÞरी मात्र बिल भुक्तानी हुनुपर्ने, वडा समिति गठन गर्दा सदस्यहरुको संयोजकत्वमा गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको छन् ।

 

यसअघि बुधबार उपमहानगरका १६ जना वडाध्यक्षले मेयर साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाएका थिए । वडाध्यक्षपछि वडासदस्यको ज्ञापनपत्र आउनुलाई नगरवासीले गम्भीरताका साथ लिएका छन् ।

 

जनकपुर २ का राकेशकुमार साहले भने, ‘मेयर वडाध्यक्ष र सदस्यहरुको आपसी झगडाले नगरको काम पछाडि पर्ने हो कि भन्ने चिन्ता लागेको छ । संवादको माध्यमबाट समस्या समाधान गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्