तराईमा हस्सु, पहाडी भेगमा मौसम बदली, अन्य भूभागमा सफा



काठमाडौं : आज (आइतबार) देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ भने पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत मंगलबार अपराह्नदेखि नेपाल प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ ।

यसैगरी उपत्यका तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरो लागेको कारण घाम नलाग्ने र चिसो बढ्ने भएकोले चिसोबाट बच्न सर्वसाधारण लाई महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम
माघ ५ गते (आइतबार)
दिउँसो :
देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

राति : देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार)
दिउँसो :
पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ७ गते (मंगलबार)
दिउँसो :
पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्