यि खानेकुरा खादा शरिरको भित्री तापक्रम बढ्छ


काठमाडौं : जाडो मौसममा चिसोबाट बच्न जति बाग्लो लुगाको जति भूमिका हुन्छ उत्तिनै खानाको पनि भूमिका हुन्छ । जुन खानाहरुले शरिरको तापक्रमलाई सन्तुलित राख्न भूमिका खेल्छन् । चिसोवाट बच्न बाहिरी तापक्रमसँगै शरिरको भित्री तापक्रम बढाउन बढी क्यालोरी भएका खाने कुराहरु खानु पर्छ।

मह
मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । चिसोबाट बढी प्रभावित हुने बालबालिका र बृद्ध–बृद्धाले दुधसित मिलाएर मह सेवन गर्दा फाइदाजनक हुन्छ ।

अदुवा
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरिरलाई हिट पनि प्रदान गर्छन । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग र्पुयाउँछ । जाडो मौसममा भोजनमा अदुवाको समावेश गर्नाले लाभ मिल्छ ।

कोदोको सुप
आधा लिटर पानीमा २ चम्चा कोदोको पीठोको सुप बनाएर विहानको समयमा पिउनाले शरिरलाई न्यानो प्रदान गर्छ । कोदोमा प्रर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ ।

मासु तथा सुप
मासुले शरिरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरुले शरिरलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरिररको मांसेपशी दरो बनाउनुको साथै शरिरलाई ऊर्जा प्रदान गर्छ । बढ्दो मुटुरोगी,उच्च रक्तचापका विरामीहरुले पनि रातो मासुको भन्दा कुखुराको मासु सेवन उत्तम हो ।

दुध र अण्डा
दुधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने बिभिन्न संक्रमणबाट बचाउछ । भिटामिनले शरिरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरुको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ । यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । अण्डाबाट आइरन पोटासियम सुष्म तत्वको परिपुर्ति हुने हुँदा शरीरले संधै न्यानो महसुस गर्छ र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ ।

हरियो सागसब्जीको दैनिक प्रयोग : मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसावले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना