नेकपाले सभामुख आजै टुङ्गो लगाउने, उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिँदै



काठमाडौँ : पार्टीभित्र र पार्टी बाहिर सभामुख चयन गर्न नसक्दा आलोचना खेपिरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सभामुखको गाँठो फुकाउने गरी सघन वार्ता गरिरहेका छन् ।

केही बेरअघि बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच नेकपाले सभामुखमा अघि सार्ने पात्रका विषयमा टुङ्गोमा पुग्नेगरी वार्ता अगाडी बढाएको बालुवाटार श्रोतको दाबी छ । अध्यक्षद्वयबीच सहमति भएपछि आजै सचिवालय बैठक बसी निर्णय गर्ने र त्यसपछि संसदीय दलको बैठक राख्ने तयारी पनि नेकपाले गरेको छ ।

अध्यक्ष द्वयको सहमतिपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिई सभामुख चयनको मार्गप्रशस्त गर्ने बताईएको छ । दुई अध्यक्षबीच सभामुख चयनका लागि दिनहुँजसो छलफल भइरहे पनि टुंगो लाग्न सकेको थिएन । प्रतिनिधिसभाको बैठक भोलि (माघ ६) गतेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठक अगाबै सभामुखको विषय टुङ्गो लगाउनुपर्ने बाध्यता रहेको कारण अहिले नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्ड बैठक बसिरहेका हुन् ।

सभामुखको विषय टुङ्गोमा नपुग्दा प्रतिनिधिसभाको बैठक पटक–पटक सूचना टाँस गर्दै स्थगित गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्