सिन्धुपाल्चोकमा किन लगाईयो कर्फ्यू ?



सिन्धुपाल्चोक :बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घर–टहरा भत्काउँदा झडप भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको बताईन । सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौँदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घर–टहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो ।

तर सूचना अटेर गरिएपछि नगरपालिकाले गत शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो ।


यसरी घर भत्काएपछि ओक्रोशित बनेको स्थानीयहरुले हिजो शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेका थिए । घटनाले उग्र रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी माधव प्रसाद काफ्लेले जनाएका छन् ।


जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३क) बमोजिम उक्त आदेश जारी गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्