ओली र प्रचण्डबीच यस्तो भयो सहमति, सभामुखको अनुमोदन ४ बजे



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभाको सभामुख अग्नि सापकोटालाई बनाउने भएको छ ।

आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको श्रोतको दाबी छ । यसबोर औपचारिक रुपमा जानकारी भने दुवै तर्फबाट आएको छैन ।

ओली र प्रचण्डले जुटाएको नाम अनुमोदनका लागि साँझ चार बजे केन्द्रीय सचिवालय बैठक समेत डाकेका छन् । बैठकबाट सभामुखमा सापकोटाको नाम अनुमोदन गर्ने जनाईएको छ ।

स्रोतका अनुसार प्रचण्ड बालुवाटारबाट बाहिर निस्कदा हँसिलो अनुहारमा देखिएका थिए ।

प्रतिनिधिसभाको सभामुख नहुँदा संसद बैठक बस्न सकेको छैन । भोली ६ गते १ बजेका लागि संसद बैठक बोलाईएको छ । यसपछि सभामुख चयन प्रकृया अगाडी बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्