‘ए’ डिभिजन लिग : एपीएफलाई पराजित गर्दै एनआरटीको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटीले एपीएफ क्लबलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा एनआरटीले ३–२ गोल अन्तरले जित हात पारेको हो । एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गरे भने एपीएफका लागि आशिष लामाले दुई गोल फर्काए ।

जितसँगै एनआरटीले ११ अंक जोडेको छ । यता एपीएफले ५ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्