ओली र प्रचण्डबीच यस्तो भयो सहमति



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभाको सभामुख टुङ्ग्याउने विषयमा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी रहेको बालुवाटार श्रोतले बताएको छ । छलफलमा दुई अध्य्रक्षबीच आज ४ बजे सचिवालय बैठक बस्ने सहमति भएको छ ।

आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच भएको छलफलमा पार्टी नेता अग्नी सापकोटालाई सभामुख बनाउने बिषयमा छलफल भए पनि टुङ्गोमा पुगिनसकेको बताईन्छ ।

प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले दुई अध्यक्षबीच सभामुख चयनको विषयमा पार्टीका दुई अध्यक्षबीच छलफल जारी रहेको र बैठक निष्कर्षउन्मुख रहेको बताए । सभामुख बन्ने पात्रकाे सम्बन्धमा छलफल जारी रहेको प्रेस सल्लाहाकार थापाले बताएका छन् । सभामुख चयनका लागि सापकोटाको नामसँगै तेस्रो व्यक्तिको खोजी भईरहेको श्रोतले बताएको छ । श्रोतका अनुसार भोली बिहानसम्ममा सभामुखको विषय टुङ्ग्याउनेगरी छलफल अघि बढिरहेको छ ।

प्रतिनिधिसभाको सभामुख नहुँदा संसद बैठक बस्न सकेको छैन । भोली ६ गते १ बजेका लागि संसद बैठक बोलाईएको छ । यसपछि सभामुख चयन प्रकृया अगाडी बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्