प्रदेश नम्बर ५ को हिउँदै अधिवेशन शुरु, यस्ता छन् एजेण्डा



बुटवल : प्रदेशको राजधानी र नाम टुङ्ग्याउनको लागि प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भएसँगै यसमा मुख्यमन्त्री शंकर पोखरेलका साथै सबै प्रदेशसभा सदस्यहरु लागिपरेका छन् । आज(आईतबार)बाट शुरु हिउँदे अधिवेशनमा प्रदेश राजधानी र स्थायी राजधानीको विषयमा छलफल गरिने जनाईएको छ ।

सरकारले बिजनेश दिन नसकेका कारण चार महिनासम्म संसद बैठक चल्न सकेको थिएन । राजधानी र नामाकरण सिफारिश गर्न बनेको विशेष समितिले प्रतिवेदन बुझाइसकेको छ । नामका बारेमा करिब सहमति भए पनि राजधानीका बारेमा भने दलहरूबिच औपचारिक रूपमा छलफल भएको छैन । अब आजबाट शुरु हुने अधिवेशनपछि यो विषयले प्रवेशसँगै टुङ्गो लगाउने बताईन्छ ।

चुनावताका दलहरूले राजधानीबारे गरेका प्रतिबद्धताका कारण अहिले दलहरू अप्ठ्यारोमा परेका छन् । मुख्यमन्त्री पोखरेलले भने प्रदेशको राजधानी शहर बनिसकेको ठाउँमा नभई नयाँ ठाउँमा बनाउनुपर्ने तर्क गर्दै आएका छन् । मुख्यामन्त्री पोखरेलले सबैको सहमतिमा भर्जिनल्याण्डमा राजधानी बनाउनुपर्ने बताउँदै आएका छन्।

तथापी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बागमती प्रदेशको निर्णयलाई नजिर मानेर निर्णय हुने बताउँदै आएका छन् । प्रदेश ५ मा नेकपाका ६१, नेपाली कांग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १–१ जना गरी ८७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्