बेल्जियमका राजकुमारी अस्त्रिद नेपालमा



काठमाडौं : नेपाल सरकारको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि बेल्जियमका राजकुमारी अस्त्रिद नेपाल भ्रमणका लागि काठमाडौं आईपुगेकी छन् ।राजकुमारी अस्त्रिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।

नेपाल बसाइँका क्रममा राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेसँगै बिदेशीहरुमध्ये उच्च तहको पहिलो भ्रमण बेल्जियमकी राजकुमारी अस्त्रिदले गरेकी हुन् । नेपालले यसै वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाईरहेको छ ।

उनी एक साता लामो नेपाल भ्रमणका लागि आईतबार नेपाल आएकी हुन् । बेल्जियमको सहयोगमा संचालित दामियन फाउन्डेसनको निमन्त्रणामा आएकी हुन ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपाल भ्रमण वर्ष २०२० मनाई रहँदा बेल्जियमकी राजकुमारी नेपाल भ्रमणमा आउनुले पर्यटन वर्षलाई नै टेवा पुग्ने बताउँछन् ।

५८ वर्षिया एस्ट्रिड राजा फिलिपकी कान्छी बहिनी अस्त्रिद राजा अल्वर्ट द्धितिय र रानी पावलाकी दोस्रो सन्तान हुन ।

यसअघि उनका पिता अल्वर्ट द्धितियले सन् ८० को दशकमा नेपालको अनौपचारिक भ्रमण गरेका थिए भने उनका दाजु वर्तमान राजा फिलिपले सन् १९९८ मा नेपालको अनौपचारिक भ्रमण गरेका थिए । बेल्जियमका राजपरिवारबाट हुने यो नेपाल भ्रमण सन् १९९८ पछि पहिलो हो।

नेपालमा रहँदा एस्ट्रिडले चितवन र धनगढीको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त असरमा दामियन फाउन्डेसनद्वारा सञ्चालित स्वास्थ्य संस्थाको अवलोकन गर्नेछिन । विगतमा नेपाल र बेल्जियमको दरबारबीच लामो सम्वन्ध थियो ।

प्रतिक्रिया दिनुहोस्