एमसीसीबारे भ्रममा नपर्न काँग्रेस सभापति देउवाकाे आग्रह


दाङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए ।

नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौँता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।

एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारसमेतमा सहयोग पुग्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना