उपसभामुखले तयार गरिन् तीन पेज लामो राजीनामा पत्र



काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने भएकी छन् । यही ४ पुसमा संसदको अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाम्फे राजीनामा दिने तयारी गरेकी हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुखको विषय टुङ्ग्याउने बित्तिकै उपसभामुख तुम्बाहाम्फेले राजिनामा दिने तयारी गरेको श्रोतको दाबी छ ।

संसद सचिवालय श्रोतका अनुसार उपसभामुख तुम्बाहाम्फेले सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार चयन गर्ना साथ राजिनामा निदे हेतुले तीन पेज लामो राजिनामा पत्र समेत तयार गरेकी छन् ।

संसद सचिवालयले गत ११ गतेको प्रतिनिधि सभाको बैठक शुरु भएपछि सभामुख चयनको प्रकृया शुरु गर्ने तयारी सँगै राजीनामा दिने सोच बनाएकी तुम्बाहाम्फेले नेकपा भित्र सभामुख चयनको विषय पेचिलो बन्दै जादा सूचना टाँसेर बैठक स्थगित गर्दै १६ गतेका लागि तोकेकी थिईन ।

यस्तै गरी १६ गतेसम्म पनि सहमति नभएपछि सूचना टाँस गरेर २७ गतेका लागि बोलाइएको थियो । २७ गतेसम्म पनि नेकपा भित्र सहमति नभएपछि यही माघ ६ गतेका लागि संसद बैठक डाकिएको थियो । अब सभामुखको विषयमा टुङ्गो लागेसँगैउपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन लागेको श्रोतको दाबी छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएपछि सभामुख पद रिक्त हुन पुगेको थियो । सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्