प्रेस युनियन धनुषामा राजन सिंह, अनिल कर्ण केन्द्रीय महासचिव उम्मेदवार



जनकपुरधाम : नेपाल प्रेस युनियन धनुषाको नवौँ साधारण सभाबाट आगामी ३ वर्षको लागि राजन सिंहको नेतृत्व १३ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

सर्वसम्मत चुनिएको कार्यसमितिको उपाध्यक्षमा अकुल साह, महिला उपाध्यक्षमा विनीता ठाकुर र सचिवमा निरञ्जन साह चुनिएका छन् ।

त्यसै गरी सह–सचिवमा नीतू झा, कोषाध्यक्षमा दिनेश साहसहित १३ सदस्यीय कमिटी गठन भएको हो । 

केन्द्रीय पार्षदमा अनिल कर्ण, माधव आचार्य, रामभरत साह, कमल साह, अजय कुमार झा, प्रफुल्ल राज घिमिरे, नवल किशोर शरण, रिङ्कु मिश्र, देवता झा र नीतु झा चुनिएका छन् । 

त्यस्तै प्रदेश पार्षदका लागि प्रवीण साह, अजय साह, कैलाश दास, बब्लु चौधरी, कुशेस्वर उपाध्याय, विजय यादव, हदीश खुद्दार, नवीन कुमार साह, शुष्मा कर्ण, एलिना सिंह, बनिता ठाकुर, उत्तिम लाल कापड, प्रभाष कर्ण र राम बाबु यादव छानिएका छन् ।

यसैबीच धनुषा शाखाले नेपाल प्रेस युनियनको आसन्न केन्द्रीय महाधिवेशनमा महासचिवको लागि अनिल कर्णलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कर्ण द नेपालटपका कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्