४ राज्यमन्त्रीले गरे पदबहाली



बिराटनगर : प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेशसभा सदस्य रामबहादुर मगरलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री नियुक्त गरेका छन् ।

यस्तै अन्य राज्यमन्त्रीहरुमा अम्बिरबहादुर गुरुङ भैतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर(विश्वकर्मा) सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय दिईएको जानकारी प्रदेशले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्