डलर खेतीकाे अन्त्य गर्ने भन्दै युवाले बिथाेले कार्यक्रम



काठमाडाैं– बालअधिकारका लागि राष्ट्रिय अभियानका युवाहरूले काभ्रेको धुलिखेलमा कार्यक्रम भइरहेको अवस्थामा हस्तक्षेप गर्दै ब्यानर काटेका छन्।

 

एनजिओ, आइएनजिओ र सरकारको गलत प्रवृत्तिविरुद्ध चेतावनी दिँदै कार्यक्रम बिथोल्दै हिँडेका उनीहरु शुक्रबार धुलिखेल पुगेका थिए।

 

धुलिखेलको एक रिसोर्टमा किशोरी सञ्जालको पाँचौ राष्ट्रिय भेला सुरु भइसकेको थियो। त्यसपछि पुगेका उनीहरुले हलमा टाँगिएको ब्यानरमा भएको आयोजक र सहयोगी संस्थाको लोगो काट्दै आयन्दा यस्ता कार्यक्रम नगर्न चेतावानी दिए।

 

यसभन्दा अघि काठमाडौंको राष्ट्रिय सभागृहमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो बालिका सम्मेलनमा उनीहरूले बालबालिकासम्बन्धी विधेयक २०७५ च्यातेका थिए। 

 

लोगाे च्याने क्रममा अभियन्ता धीरज जोशीले हप्तामा दुई वटा कार्यक्रम गरेर बालबालिकालाई पात्र मात्र बनाएर डलरको खेती गरेको भन्दै आक्रोश पोखे। उनले भिआइपी होटलमा कार्यक्रम गरेर बालबालिकाको नाममा पैसा खाने प्रवृत्तिको अन्त्य गर्न आफूहरू यसरी उत्रनु परेको बताए।

 

‘यतिका आइएनजिओले बालबालिकाको नाममा डलर खेती गरे, तर उपलब्धि के भयो? बालश्रम कहाँ अन्त्य भयो,' उनले भने, ‘हामी यही डलर खेतीको अन्त्यको अभियानमा छौं।’

 

अर्का अभियन्ता प्रविन सिलवालले नेपालमा निर्मला पन्त जस्ता बालिका बलात्कार भइरहँदा एनजिओ आइएनजीओ मौन बसेको भन्दै विरोध गरे।

 

भर्खरै संशोधन भएको बालश्रम ऐनको विधेयकले बालश्रमलाई प्रश्रय दिएको भन्दै सरकार बालश्रमको विषयमा गम्भीर नदेखिएको उनीहरुले गुनासो गरेका छन्। ‘संशोधित विधेयक यो बालअधिकार महासन्धि, अन्तराष्ट्रिय श्रम महासन्धी विरुद्ध रहेको छ,’ सिलवालले भने। 

 

ऐन संशोधन नहुँदासम्म र निर्मला बलत्कारपछि हत्याका दोषीलाई कारबाहीको दायरमा नल्याउँदासम्म बालबालिकाको क्षेत्रमा कुनै परियोजना, कार्यक्रम, गोष्ठी नगर्न उनीहरुले चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ

काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने

काठमाडौं– धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान

काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत

काठमाडौं : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत

धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार