अजित घिमिरेको ‘कालीको ठुम्का’ सार्वजनिक



काठमाडौं : अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्द–सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र कार्टून क्रुज तथा भीमफेदी गाइजको बेजोड नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्मल लामाले निर्देशन, पवन शुसलिङको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडल आशमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायत अन्य कलाकारले साथ दिएका छन् ।

गायक अजित घिमिरेले यस अघि साङ्गीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसकेका छन् । सङ्गीतका साधक घिमिरे हाल अमेरिकाको उच्च शिक्षा क्षेत्रमा कार्यरत छन् । उनले लुजियाना स्टेट युनिभरसिटीबाट वातावरण विज्ञानमा पीएचडी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्