यो वर्षभित्रै विद्युतीय वस संचालन हुन्छ : मुख्यमन्त्री पौडेल



काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले यो आर्थिक वर्ष भित्रै बिद्धुतीय वस सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । उनले यो प्रकृया अगाडी बढिसकेकोले व्याक नहुने बताए । मुख्यमन्त्री पौडेलले नयाँ कामको थालनीमा चुनौति आउने भन्दै सामना गरेर अघि बढ्ने बताए ।

काठमाडौदेखि हेटौडा र धुलीखेलसम्म विद्युतीय बस संचालन गर्न, फोहोर व्यवस्थापनका साथै विपद व्यवस्थापनका लागि कसरी महानगरपालिका र प्रदेश सरकारबीच कसरी सहकार्य गरेर अगाडी बढ्न सकिन्छ भन्ने विषयको छलफलका क्रममा मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन ।

छलफफलमा बोल्दै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बञ्चारेडाडा ल्याण्डफिल्डलाई सम्पन्न गर्नुपर्ने बताए । त्यसैगरी मेयर शाक्यले काठमाडौं महानगर बिद्धुतीय सवारी सञ्चालनमा सकारात्मक रहेको भन्दै प्रदेश सरकारले प्रदेश निर्माण कम्पनी, यातायात निगम बनाउने तयारीमा लागेकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी उनले तीन ओटा दमकल खरिदका लागि रकम छुट्याई सकेको पनि बताए। कार्यक्रममा मुख्यमन्त्री पौडेलका साथै काठमाडौं, ललितपुर भरतपुरका मेयरहरु, प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्