मेलामा भेटिएको मोबाइल साँखु प्रहरीद्वारा हस्तान्तरण



साँखु : लाइफ केयर अस्पताल साँखुमा कार्यरत समेल नगरकोटीले सालिनदी मन्दिरम परिसरमा फेला परेको j 7 सामसुङ फोन प्रहरी प्रभाग कार्यालय साँखुमा बुझाएका छन् ।

शन्खरापुर नगरापलिका वडा नम्बर ५ घर भएका नगरपकोटीले गत शुक्रबार प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई सालिनदी परिसरमै फेला पारेको उक्त फोन बुझाएका थिए ।

नगरकोटीले फेला पारेको उक्ता फोन सन्खरापुर पालुवारी बस्ने रत्न खतिवडाको रहेको र फेला पार्नेको हातबाटै निजको छोरा सुमित खतिवडालाई बुझाउन लगाइएको प्रमुख प्रहरी निरीक्षक पन्थीले जानकारी दिए ।

उनले नगरकोटीले एक असल नागरिकको समेत परिचय दिएको बताउँदै धन्यवाद समेत दिएक थिए ।

यसैगरी गत बिहीबार जर्सिङ पौवा जाने क्रममा हराएको j 7 सामसुङ फोन यस प्रभाग प्रमुखको टोलीले फेला पारेको र आज (आइतबार) व्यक्तिको पहिचान गरी जिल्ला खोटाङ खाटेवाङ गाउँपालिका ३ घर रहेको सुन्दर तामाङलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्