आचारसंहिताको विषय अदालतले हेर्छ : सञ्चारमन्त्री बाँस्कोटा


काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार आचारसंहिता अनुगमन र मिलापत्र काउन्सीलले गर्ने बाहेक दण्ड, जरिवाना, सजाय र क्षतिपूर्ति अदालतीय विषय बनाउन उपयुक्त हुने बताएका छन् ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा आज (आइतबार) भएको नेपाल मिडिया काउन्सील विधेयक २०७५ माथिको दफाबार छलफलमा मन्त्री बाँस्कोटाले पत्रकार र सञ्चारमाध्यमले आचारसंहिता उलङ्घन गरे हुने दण्ड, सजाय र क्षतिपूर्ति भराउने बिषय अदालतको आदेश र फैसला अनुसार हुने व्यवस्था गरिनु उपयुक्त हुने बताए ।

उनले सञ्चारमाध्यम पनि व्यवसाय नै भएकाले एउटा व्यवसायले अर्को व्यवसाय, संस्था वा व्यक्तिलाई क्षति हुनेगरी कुनै बद्नियत गरे हुने दण्ड, सजाय र क्षतिपूर्ति भराउने विषय अदालतीय विषय बनाइए न्यायपूर्ण हुने स्पष्ट पारे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काउन्सीललाई उजुरी परे छानविन गर्ने, मध्यस्थता गर्ने, खण्डन गर्न आदेश दिने र सचेत गराउन सक्ने भएपनि आर्थिक र व्यवसायिक क्षतिको दण्ड, सजाय तोक्ने र क्षतिपूर्ति भराउने अधिकार दिन उपयुक्त नहुने धारणा राखे ।

उनले सञ्चारमाध्यमका कारण कोही अन्यायमा परे काउन्सीलको मध्यस्थतामा मिलापत्र हुन सक्ने नभए त्यस्तो विषय अदालतीय प्रक्रियामा जाने व्यवस्था गरिए प्रस्तावित दण्ड, जरिवाना र क्षतिपूर्तिका अंक आवश्यक विधेयकमा राख्न नपर्ने बताए ।

विधेयकमा पत्रकार आचारसंहिता विपरित कुनै पनि सामग्री प्रकाशन, प्रशारण भएबाट कुनै पनि व्यक्तिको मर्यादा वा प्रतिष्ठामा आँच आए आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा सम्बाददातालाई पच्चीस हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था राखिएको छ ।

विधेयकमा आचारसंहिता विपरित कुनै पनि सामग्री प्रकाशन, प्रशारण गरेबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको खण्डमा काउन्सीलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षपिूर्ति भराइदिन सक्ने व्यवस्था पनि समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार