यस्ता देखिन्छन् विकिनी अवतारमा नेपाली नायिका



काठमाडौं : नेपाली नायिकाहरु विदेश सयरमा निस्केपछि आफुलाई खुल्ला रुपमा प्रस्तुत गर्नु कुनै नौलो कुरा हैन । जुन नायिका विदेशिन्छन् उनीहरु ‘हट एण्ड सेक्सी’ पोजसहित तस्वीरहरु समाजिक सञ्जाल फेसबुक तथा इस्टाग्राममा पोष्ट गर्छन् । विदेश घुम्न निस्किएका नायिकाहरुको हट र रोमाञ्चक तस्वीर पोष्ट गरेर चर्चा बटुली रहेका हुन्छन् । देश, विदेश घुम्नु सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नु उनीहरुको स्वतन्त्रताको विषय हो । तर, सर्वसाधारणलाई सेलिब्रेटीका हरेक गतिविधि चासोयोग्य हुनु स्वभाविक पनि हो । आज हामी यस्ता नायिकाको कुरा गर्छौ जो विदेश घुम्न गएपछि विकिनीका अवतारमा उत्रिन्छन् ।

प्रियंका कार्की


विदेश घुम्न गएको समयमा विकिनी अवतारका कारण नायिका प्रियंका कार्कीको सामाजिक सञ्जालमा निकै चर्चा हुने गरेको छ । एक पटक मात्र हैन उनको पटक पटक विदेश घुम्न निस्किएको समयमा ‘हट एण्ड सेक्सी’ पोजसहितको तस्वीरले सामाजिक सञ्जाल तातेको हुन्छ । अहिले आफ्ना साथिहरुसँग ब्याच्लर पार्टी मनाउन थाइल्याण्ड पुगेकी हट नायिका प्रियंका कार्कीको फोटोले सामाजिक सञ्जालमा तरंग ल्याएको छ । केही जमात अभिनेत्री प्रियंकाको विकिनी फिगरको प्रशंसा गर्छन् । केही जमात अभिनेत्री प्रियंकाको फिगरको आलोचना गर्छन् । आलोचना भएपनि हल्ला भएपनि प्रियंका विकिनी फिगरमा रमाएकी छन् ।

वर्षा सिवाकोटी


विदेश पुगेपछि विकिनीमा देखिने अर्की अभिनेत्री हुन् – वर्षा सिवाकोटी । उनले केहि दिनअघि मात्र विकिनी अवतार कै कारण चर्चामा आइन् । चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छन् । तर, सामाजिक सञ्जालमा वर्षा हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छन् । ‘कहिलेकाही, यो ठिक छ’ भन्दै वर्षाले विकिनी तस्वीर पोस्ट गरेकी हुन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह


साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म जगतमा रुचाइएकी अभिनेत्री हुन् । पछिल्लो समय उनको डिमान्ड पनि उत्तिकै बढेको छ । ‘ड्रिम्स‘ फिल्मबाट नेपाली रजतपटमा उदाएकी साम्राज्ञीको लुक्स र अभिनयले दर्शकलाई लोभ्याउँछ ।

उसो त उनी ‘हट एण्ड सेक्सी’ तस्वीरकै कारण बेलाबेला चर्चामा आइरहन्छिन् । उनका विकिनी लगाएका तस्वीर सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय बन्ने गरेको छ ।

स्वस्तिमा खड्का


नेपाली चलचित्रको व्यस्त नायिका हुन्–स्वस्तिमा खड्का । होस्टल रिटन्सबाट नेपाली चलचित्रमा पाइला टेकेकी खड्काले हालसम्म थुप्रै नेपाली फिल्म खेलिसकेकी छन् । बलिउड होस् या कलिउड हरेक अभिनेत्रीहरुले चर्चामा आउनको लागी केही न केही फन्डा गरिरहेकै हुन्छन् । उनी पनि विकिनी अवतारका कारण बेला बेला चर्चाकमा आउने गरेकी छन् ।

नम्रता सापकोटा

नायिका नम्रता सापकोटा ‘हट अवतार’ का कााारण चर्चा बटुलेकी थिइन् । उनको हङकङमा मस्ती गरिरहेको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी थिइन्– नम्रता । नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।

सुष्मा कार्की


अभिनेत्री सुष्मा कार्की पनि विकिनीमा नै रमाउने कलाकारमध्येका एक हुन् । उनी पनि विकिनी लगाएका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्न खासै धक मान्दिनन् । विकिनी लगाएर पोष्ट गरेको तस्वीरले बेला बेला चर्चामा आउने गर्छिन्।

पुजा शर्मा


फिल्म प्रेम गीतबाट एकाएक चर्चामा आएकी नायिका हुन्– पुजा शर्मा । फिल्म करोडपतिबाट नेपालि फिल्ममा डेब्यु गरेकी अभिनेत्री पुजाका विकिनी तस्वीरहरु बाहिरिएका थिए । विकिनीमा पुजा ‘सेक्सी एण्ड हट’ देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्