घरको छतबाट खस्दा बालकको मृत्यु



भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटारमा छिमेकीको घरको छतबाट खस्दा बिहीबार एक बालकको मृत्यु भएको छ। भक्तपुर प्रहरीकाअनुसार स्थानीय सञ्जीव राउतका तीन वर्षीय छोरा सभ्य राउतको छिमेकी केशव राजथलाको साढे २ तला घरको छतमा खसेर मृत्यु भएको हो।

 

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले आफ्नै हजुरआमासँग राजथलाको घरको छतमा गएको अवस्थामा अचानक सभ्य खसेको जानकारी दिए। छतबाट खसेर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्