पुडासैनी आत्माहत्या प्रकरण : रवि लामिछानेसहित ३ जनाले पाए सफाइ



काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछानेसहित ३ जनालाई सफाइ दिएका हुन्। न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्ने बारेमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको हो ।

पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्