नमूना मतदान अभ्यास सम्पन्न



जनकपुरधाम : माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै मतदान गर्ने विधिको विषयमा निर्वाचन कार्यालय धनुषाले नमूना मतदान कार्यक्रमको आयोजना गरेको छ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आइतबार एक कार्यक्रमको आयोजना गरी मतदान कसरी गर्ने विषयमा नमूना मतदान गरिएको हो । मतदान गर्ने सही विधि,मतपत्र बदर नहोस् र मतदान गर्ने समयमा कति लाग्ने भन्ने समय निर्धारण सहितका विषयमा समेत स्पष्ट पारिएको थियो ।

नमूना मतदान तथा अन्र्तक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य,पालिका प्रमुख र उपप्रमुख बीच नमूना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाले बताइन् ।

सोही कार्यक्रममा मतदानको विषयमा मतदाताहरुसंग अन्र्तक्रिया समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका निर्वाचन अधिकृत राजु कुमार खतिवडाले मतदान गर्ने तरिकामाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्