फिदाको हत्या पुरानो रिसिईवीका कारण, तीन जना पक्राउ



विराटनगर : सुनसरीको दुहबी नगरपालिका ९ का फिदा हुसेनको पुरानो रिसिईवीका कारण हत्या भएको खुलेको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएपछि पुरानो रिसिईवीका कारण फिदाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ परेका तीनै जनालाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो ।

मंसिर ५ गते बिहान गोली हानेर फिदाको हत्या गरिएको थियो । हत्यामा संलग्न दुहबीकै मोहम्मद जाविर हुसेन, मोहम्मद सतिन हुसेन र विश्वभर यादवलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फूयालले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एउटा पेस्तोल र दुईवटा गोली बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्