बाँकेमा भएकाे माइक्राे दुर्घटनामा मृत्यु हुनेकाे संख्या ६ पुग्याे



नेपालगन्ज : बाँकेमा माइक्रो बस र ट्रक जुध्दा दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

 

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको हो।

 

४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा मुत्यु भएको प्रहरीको भनाइ छ।  दुर्घटनामा मृत्यु हुनेमध्य तीन जनाको सनाखत भएको छ । सनाखत भएकामा गाडी चालक तुलसीपुर उपमहानगरपालिकाका बलिराम चौधरी,  यात्रु तुलसी रावत र बसन्ती चौधरी रहेको प्रहरीले जनाएको छ। 

 

दुर्घटनामा घाइते भएका १८ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

 

हायसले अगैयाको जंगलमा बसलाई उछिन्न खोज्दा  लु १ ख ७७२९  नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

 

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका सइ तेजबहादुर रानाले बताए। मृतकको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्