‘समृद्धिको चाहनालाई पूरा गर्नुपर्छ’



विराटनगर : प्रदेश सरकारले स्थानीय तहको सरकारलाई विश्वासमा लिइ जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल बुद्धिजीवि परिषद् मोरङ र नेपाल राष्ट्रिय बुद्धिजीवि सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित ‘विकास र समृद्धिको यात्रामा प्रदेश नं १ सम्भावना र चुनौती’ विषयको अन्तक्रियाका वक्ताले सङ्घीयता नेपालीका लागि नौलो अभ्यास भएको यसको कार्यान्वयनमा आउने चुनौतीका सम्बन्धमा प्रदेश सरकारले जनतालाई सुसूचित गराउनुपर्नेमा जोड दिएका हुन ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून, पूर्वाधार र दक्ष कर्मचारीविहीन अवस्थामा रहेको प्रदेश सरकारले शून्यको अवस्थामा कार्य शुरु गरेको बताए । उनले प्रदेश सरकारले दोस्रो वर्षमा आवधिक योजना, बजेट तथा निजी तथा कार्यक्रममा उल्लेखनीय सफलता हासिल गरेको चर्चा गर्दै रचनात्मक आलोचनासहित सुझाव सदैव ग्रहण गर्ने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्घीयताको कार्यान्वयनबाट मुलुकमा विकास भएको बताउँदै आगामी असारसम्म विराटनगरमा १८० किलोमिटर सडक कालोपत्र हुने र विगत ३० वर्षदेखि बन्न नसकेको विराटनगरदेखि भद्रपुर पुग्ने चार लेनको हुलाकी सडक आगामी एक वर्षभित्रमा सम्पन्न हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्