अस्ट्रेलिया जान वायुसेवा निगमको अध्यक्ष पदबाट राजीनामा !



काठमाडौं : नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार उनले राजीनामा दिएका हुन् । 

नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार राजीनामा दिएको भन्ने सुनिए पनि अहिलेसम्म किन राजीनामा दिए भन्ने जानकारी भने आएको छैन । प्रवक्ता चन्द भन्छन्, ‘उहाँ राजीनामापश्चात ड्रागन इयरबाट अस्ट्रेलिया जाँदै हुनुहुन्छ त्यसैले बाँकी जानकारी भने पाउन सकिएको छैन ।’ 

मदन खरेल यसअघि २०७० सालमा महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो । अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्