भेडा बाख्रालाई पिपिआर रोगबाट कसरी बचाउने ?



कैलाली : नेपालमा सर्वप्रथम २०५१ सालमा पूर्वी तराईका बारा, पर्सा, रौतहटमा देखा परेको रोग हो पिपिआर । विगत केही बर्ष अगाडि अधिराज्यभर फैलिएको भए पनि हाल नियन्त्रणका लागि पिपिआर खोप कार्यक्रम हुँदै आएका छन् । 

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बझाङ, बैतडी, दार्चुला, बाजुरा लगायतका जिल्लाहरुका भाइरल रुपमा पिपिआर देखा परको छ । 

चाड पर्व, दशैं तिहार जस्ता जनावरको व्यापार बढी हुने समयमा यो रोगको संक्रमण बढी फैलिन्छ । तीन महिना उमेर कटिसकेका पाठापाठीहरुलाई यो रोग लाग्दछ । मृत्युदर ५० प्रतिशत, महामारीमा ९० प्रतिशत भेडाभन्दा बाख्रा बढी प्रभावित हुन्छन्  । 


लक्षणहरु 

 १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, झोक्राउनु, हाच्छिउँ गर्नु, आँसु सिँगान बगाउनु, एक दुई दिन पछि सानो सानो घाउ खटिरा मुख भरी फैलनु यस रोगका लक्षण हुन् ।

साथै ओठ सुन्निने, मुखबाट दुर्गन्ध आउने, घाँसपात, पानी जस्ता आहारा खान छोड्नु, रगत मिसिएको छेर्नु पनि यस रोगका लक्षणहरु हुन् । 


उपचार 

बिषाणुबाट हुने रोग भएकोले खासै उपचार छैन । लक्षणको आधारमा उपचार गरिन्छ । 

अन्य जीवाणुबाट हुने आक्रमणबाट बचाउन एन्टिबायोटिकहरु जस्तैः Oxytetracycline -LA, Teramycine -LA को सुई लगाउन सकिन्छ । 


कसरी सर्छ ?

प्रत्यक्ष सम्पर्क रोगी जनावरसँग लसपस, बढी रोग फैलिने मौसम, वर्षायाम र सुख्खा हिउँदमा बढी फैलिन्छ । 

रोगीको आँसु, सिँगान, झ्याल, दिशामा विषाणु बढी पाइन्छन् । रोगविरुद्व लड्ने क्षमता कम भएका पशुमा रोग छिटो लाग्दछ । 

परजीविले ग्रसित पशुलाई बढी आक्रमण गर्दछ । 


रोकथाम तथा नियन्त्रण

रोगी पशु अलग्गै छुट्याउने, चरन क्षेत्रमा रोगी नपठाउने, बाहिरबाट ल्याइएका बथानमा नमिसाउने,  २१  दिन पूर्व खोप लगाएका मात्र किन्ने, पिपिआर खोप कार्यक्रममा सहभागी गराउने ।

नियमित आन्तरिक परजीवि औषधी खुवाउने, जनावरको आवतजावतमा रोक लगाउने, रोग लागेको ठाउँमा खोप कार्यक्रम चालु गर्र्र्ने ।


खोप सम्बन्धी जानकारी

हाल नेपालमा खोप उत्पादन चालु, १०० मात्राको डाइल्युएन्ट सहित ,१ एम.एल. छाला मुनि लगाइन्छ । 


पिपिआर रोग जस्तै देखिने रोगहरु

गौगोटी, सी.सी.पि.पि., निलजिब्रे, मोहालो 

प्रतिक्रिया दिनुहोस्