निगमले किन भर्‍याे लुक्लामा शनिबार ४ उडान ?



काठमाडौं : नेपाल वायु सेवा निगमले लुक्लामा शनिबार ४ वटा उडान भरेको छ। २ नियमित, एक चार्टर  र एक डिले उडानसहित ४ उडान  भरेकाे हाे ।

 

अहिले दसैंको चाप भएकाे कारण ४ वटा उडान भए पनि केही समयपछि नियमित उडान गरिने निगमका प्रवक्ता अशाेक सिग्देलले जानकारी दिए। 

 

विदेशी पर्यटकको बढी चहलपहल हुने लुक्लामा निगमको जहाजले नियमित उडान गर्न सकेको थिएन। लुक्ला विमानस्थलमा शनिबार बिहान ६ बजेदेखि थप उडान सुरु भएको हो । वाई–१२ ई नामको तीनवटा विमानको बिहान अवतरण भएका र दिउँसाे १२ एउटा ट्वीनअटर विमान अवतरण भएका हुन् ।

 

यो पछिल्लो १० वर्ष यताकै नेपाल एयरलाइन्सको ठूलो उपलब्धी मध्ये एक हो । देशको व्यस्त मध्ये एक विमानस्थल रहे पनि लुक्लामा नेपाल वायु सेवा निगमले थोरै मात्र उडान भर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्