भलिबल क्लब च्याम्पियनसिप : पुलिस र भरतपुर मेट्रोको जित



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टिम नेपाल पुलिस क्लबले जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसले ढोरपाटनलाई २५–५, २५–१५ र २५–८ ले पराजित गर्यो । जितसँगै पुलिसले २ खेलमा ३ अंक जोडेको छ।

महिलातर्फ आजै भएको दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा हराएको छ।

प्रतियोगिताबाट बाहिरिसकेको भरतपुरले जावलाखेललाई २५–८, २५–९ र २५–१५ ले हराएको छ । जितसँगै भरतपुरले ३ अंक जोड्यो भने जावलाखेल अंक विहीन बन्दै प्रतियोगिताबाट बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्