‘ए’ डिभिजन लिग : ब्रिगेड र संकटाले बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा ब्रिगेड र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।

संकटाको ९ अंक छ भने बिबिसीको ८ अंक छ। यसैबीच दरशथ रंगशालामा दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्