धरानका पूर्व मेयर राईको निधन



काठमाडौं : धरान उपमहानगरपालिकाका पूर्व मेयर धनबहादुर राईको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५९ वर्षीय राईको पाटन अस्पतालमा उपचाररत राईको आज (सोमबार) दिउँसो निधन भएको हो ।

धरानको विकासमा महत्वपूर्ण भुमिका खेलेका राइ लोकप्रिय मेयरका रुपमा परिचित छन् ।

भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत गत साता मात्र नेपाल ल्याइएको थियो । उनी २०४९ सालमा तत्कालिन एमालेबाट धरान नगरपालिकाको मेयर भएका थिए । धरानलाई जनसहभागिताको शहर भनेर चिनाउन सफल भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीको केन्द्रीय कमिटीमा थिए ।

पूर्वमेयर राई झण्डै १० महिनादेखि भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । पूर्वमेयर राईलाई स्क्वामस सेल क्यान्सर भएको उनको पिरवारले जानकारी दिएको छ । राईलाई भएको क्यान्सर दुर्लभ र खर्चिलो रोग मानिन्छ । यो रोग क्यान्सरका रोगीहरुमा पनि ५ प्रतिशतलाई मात्र हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्